वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जीवन बिमा कम्पनीहरुले संकलन गरे ७ महिनामा ८७ अर्ब बिमा शुल्क

अर्थलगानी
२०८० फाल्गुन १२, शनिबार

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ७ महिना सम्ममा जीवन बिमा कम्पनीहरुले करिब ८७ अर्ब रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो।

सार्वजनीक तथ्यांक अनुसार ३ वटा लघु जीवन बिमा कम्पनीसहित १७ वटा जीवन बिमा कम्पनीहरुले कुल ८६ अर्ब ९२ करोड ३१ लाख १० हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका छन। जसमध्ये १६ अर्ब १५ करोड २९ लाख ६ हजार रुपैयाँ प्रथम बिमा शुल्क र ७० अर्ब ७७ करोड २ लाख ४ हजार रुपैयाँ नवीकरण बिमा शुल्क रहेको छ ।

कुल बिमा शुक्लमध्ये ३ वटा लघु जीवन बिमा कम्पनीले ४ करोड २२ लाख ६५ हजार रुपैयाँ संकलन गरेका छन। यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै २३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।

त्यसपछि, लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालले १० अर्ब १४ करोड ६९ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । यस्तै, नेसनल लाइफ इन्सुरेन्सले १० अर्ब ५ करोड माथि बिमा शुल्क संकलन गरेको छ । माघ महिनामा मात्रै जीवन बिमा कम्पनीहरुले ४ लाख ४८ हजार ६६६ वटा बिमा लेख जारी गरेका छन् भने ३ वटा लघु बिमा कम्पनीले ६ हजार ७८३ वटा बिमा लेख जारी गरेका छन् । सबैभन्दा धेरै नेसनल लाइफ इन्सुरेन्सले ८२ हजार ८७९ वटा बिमा लेख जारी गरेको छ ।

Monthly-life-insurance-Business_Magh2080

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ७ महिना सम्ममा जीवन बिमा कम्पनीहरुले करिब ८७ अर्ब रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो। सार्वजनीक तथ्यांक अनुसार ३ वटा लघु जीवन बिमा कम्पनीसहित १७ वटा जीवन बिमा कम्पनीहरुले कुल ८६ अर्ब ९२ करोड ३१ लाख १० हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका छन। जसमध्ये १६ अर्ब १५ करोड २९ लाख ६ हजार रुपैयाँ प्रथम बिमा शुल्क र ७० अर्ब ७७ करोड २ लाख ४ हजार रुपैयाँ नवीकरण बिमा शुल्क रहेको छ । कुल बिमा शुक्लमध्ये ३ वटा लघु जीवन बिमा कम्पनीले ४ करोड २२ लाख ६५ हजार रुपैयाँ संकलन गरेका छन। यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै २३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । त्यसपछि, लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालले १० अर्ब १४ करोड ६९ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । यस्तै, नेसनल लाइफ इन्सुरेन्सले १० अर्ब ५ करोड माथि बिमा शुल्क संकलन गरेको छ । माघ महिनामा मात्रै जीवन बिमा कम्पनीहरुले ४ लाख ४८ हजार ६६६ वटा बिमा लेख जारी गरेका छन् भने ३ वटा लघु बिमा कम्पनीले ६ हजार ७८३ वटा बिमा लेख जारी गरेका छन् । सबैभन्दा धेरै नेसनल लाइफ इन्सुरेन्सले ८२ हजार ८७९ वटा बिमा लेख जारी गरेको छ । Monthly-life-insurance-Business_Magh2080