वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा थापा मगर चयन

अर्थलगानी
२०८० चैत्र ५, सोमबार

काठमाडौँ। राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा कमान सिंह थापा मगर चयन भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट सोमबार मगर कम्पनीको सञ्चालकमा चयन भएका हुन् । उनले कम्पनीका अध्यक्ष दिनेश उपाध्याय समक्ष सोमबार नै शपथ ग्रहण गरेका छन् ।

उनी अर्थ मन्त्रालयको उपसचिव समेत हुन् । उनी गत सातामात्रै गृह मन्त्रालयबाट सरुवा भएर अर्थ मन्त्रालयमा आएका हुन् । उनी मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव छन् ।

शंकर पाठक अर्थबाट खेलकुद मन्त्रालयमा सरुवा भएसँगै मगरलाई अर्थमा ल्याइएको हो । यसअघि कम्पनीको सञ्चालकमा पाठक थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा कमान सिंह थापा मगर चयन भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट सोमबार मगर कम्पनीको सञ्चालकमा चयन भएका हुन् । उनले कम्पनीका अध्यक्ष दिनेश उपाध्याय समक्ष सोमबार नै शपथ ग्रहण गरेका छन् । उनी अर्थ मन्त्रालयको उपसचिव समेत हुन् । उनी गत सातामात्रै गृह मन्त्रालयबाट सरुवा भएर अर्थ मन्त्रालयमा आएका हुन् । उनी मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव छन् । शंकर पाठक अर्थबाट खेलकुद मन्त्रालयमा सरुवा भएसँगै मगरलाई अर्थमा ल्याइएको हो । यसअघि कम्पनीको सञ्चालकमा पाठक थिए ।