वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्यज्योति लाइफको विलम्ब शुल्कमा ३५ प्रतिशत छुट पाउने समय थप

अर्थलगानी
२०८० चैत्र २७, मंगलवार

काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विलम्ब शुल्कमा ३५ प्रतिशत छुटको समय थप गरेको छ। कम्पनीले व्यतित बीमालेख चैत २८ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने जनाएको हो । यसअघि यो सुविधा चैत २५ गतेसम्मका लागि निर्धारण गरिएको थियो ।

बीमालेख नवीकरण गर्नका लागि ग्राहकले नजिकको शाखा कार्यालय गई वा आफ्नो मोबाइल बैंकिङ्ग वा अनलाइन वालेटबाट बीमा शुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तो छुट बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने छ । २०८१ चैत १६ गतेभित्र परिपक्व हुने बीमालेखमा यो छुट नदिइने कम्पनीले जनाएको छ ।

यस्तै पुनर्जागरण भएको एक वर्षभित्र बीमालेख समर्पण गरिएमा प्रदान गरिएको बीमा शुल्क छुट रकम समर्पण रकममा कटाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विलम्ब शुल्कमा ३५ प्रतिशत छुटको समय थप गरेको छ। कम्पनीले व्यतित बीमालेख चैत २८ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने जनाएको हो । यसअघि यो सुविधा चैत २५ गतेसम्मका लागि निर्धारण गरिएको थियो । बीमालेख नवीकरण गर्नका लागि ग्राहकले नजिकको शाखा कार्यालय गई वा आफ्नो मोबाइल बैंकिङ्ग वा अनलाइन वालेटबाट बीमा शुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । यस्तो छुट बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने छ । २०८१ चैत १६ गतेभित्र परिपक्व हुने बीमालेखमा यो छुट नदिइने कम्पनीले जनाएको छ । यस्तै पुनर्जागरण भएको एक वर्षभित्र बीमालेख समर्पण गरिएमा प्रदान गरिएको बीमा शुल्क छुट रकम समर्पण रकममा कटाइने कम्पनीले जनाएको छ ।