काठमाडौँ। नियामक निकाय बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पुजीँ नपुर्याई केही बीमा कम्पनीकम्पनीहरु व्यावसाय गरिरहेका छन्। हाल १२ वटा कम्पनीहरुले प्राधिकरणले तोकेको न्युनतम चुक्ता पुजीँ पुर्याएका छैनन्।
तत्कालिन बीमा समिति (हालको बिमा प्राधिकरण) को २०७८ चैत १० गतेको निर्णय अनुसार २०७९ चैतमसान्तभित्र जीवन बिमा कम्पनीहरुले ५ अर्ब र निर्जीबन बिका कम्पनीहरुले साढे २ अर्ब रुपैयाँ चुक्ता पुजीँ पुर्याउनुपर्ने थियो। तर तोकिएको समय वितेकै १ वर्ष पुरा हुँदा पनि अझै १० वटा जीवन बीमा कम्पनी र ७ वटा निर्जीबन बिमा कम्पनीहरुले भने उक्त पुजीँ पुर्याउन सकेका छैनन्।
तत्कालिन बिमा समितिले कम्पनीहरुको व्यावसाय सहरी क्षेत्रमा बढ्दै गएको र ग्रामिण क्षेत्रमा विस्तारको लागि अतिरिक्त पुजीँ चाहिने भन्दै पुजीँ वृद्धिको योजना अगाडी सारेको थियो। साथै कम्पनीहरुको संख्या पनि बढी भएको कारण घटाउने उद्देश्यसहित आफैले मर्जरको विकल्प देखाउँदै पुजीँ वृद्धि गर्न कम्पनीहरुलाई निर्देशन दिएको थियो।
प्राधिकरणको मर्जर अस्त्र, पुजीँ वृद्धि नभई कम्पनी घटाउन मात्रै प्रयोग
प्राधिकरणले जब पुजीँ वृद्धिको निर्णय गर्याे, तब कम्पनीहरुलाई मर्जरमा जान फोर्स गरेको थियो। एकातर्फ लघु बिमा कम्पनीलाई बजारमा ल्याउने तयारीमा रहेपनि प्राधिकरणका अधिकारीहरु तत्कालिन समयमा रहेका बिमा कम्पनीहरु नै धेरै भएको बताउँन पछि परेनन्। बीमा क्षेत्रका जानकारहरुले नयाँ अर्थात लघु बिमा कम्पनीहरुलाई लाइसेन्स दिनका लागि ठुला कम्पनी कम गर्न खोजेको बताएका थिए। नभन्दै अहिले त्यी जानकारहरुको भनाई चरितार्थ भएको छ। लघु बिमा कम्पनीहरुलाई लाइसेन्स दिईयो। यता, मर्जरमा गएर पनि कम्पनीहरुले भने तोकिएको पुजीँ पुर्याउन सकेका छैनन्।
यी हुन मर्जरमा गएरपनि पुजीँ पुर्याउन नसकेका कम्पनीहरुः
मर्जरमा गएरपनि ५ वटा कम्पनीको पुजीँ पुग्न सकेको छैन। जसमा जीवन बिमातर्फ सानिमा रिलायन्स लाईफको २० प्रतिशत पुगेको छैन। हाल कम्पनीको चुक्ता पुजीँ ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ।
त्यस्तै, सुर्यज्योति लाईफको हाल ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १ सय रुपैयाँ चुक्ता पुजीँ रहेको छ। जसअनुसार अपुग पुजीँ १० प्रतिशत रहेको हो।
अन्तिममा प्रभु महालक्ष्मी लाईफको १७ प्रतिशत पुजीँ पुगेको छैन। अर्थात हालको पुजीँ ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ।
निर्जीवन तर्फ युनाईटेड अजोडको ३२ प्रतिशत पुजीँ अपुग छ। अर्थात हाल १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ मात्रै पुजीँ रहेको छ।
सानिमा जिआईसीको हालको पुजीँ २ अर्ब रुपैयाँ रहेको छ। अझै २५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ पुजीँ अपुग रहेको छ। गत साधारणसभाबाट कम्पनीले २५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ।
पुजीँ नपुर्याएका यी ५ निर्जीबन बिमा कम्पनीले के गर्दै छन?
नेपाल इन्स्योरेन्सः कम्पनीले १० प्रतिशत बोनस शेयर जारी गरि हाल १ अर्ब ६४ करोड ४२ लाख ४२ हजार रुपैयाँ चुक्ता पुजीँ पुगेको छ । बाँकी पुजीँको लागि कम्पनीले हाल कुनै कदम अगाडी नबढाएको भएपनि हकप्रदको तयारी भने गरिरहेको छ।
नेको इन्स्योरेन्सः कम्पनीको हालको चुक्ता पुजीँ २ अर्ब १ करोड २३ लाख ६१ हजार रहेको छ। बाँकी नपुग २५ प्रतिशतको लागि कम्पनीले ५० करोड ३० लाख बराबरको हकप्रद निकाल्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
प्रभु इन्स्योरेन्सः कम्पनीको हालको चुक्ता पुजीँ १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रहेको छ। जसअनुसार ८२ प्रतिशत पुजीँ अपुग हुन आउँछ। कम्पनीले लगानीकर्तालाई ४.७५ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको छ। यहि बैशाख २० गते वार्षिक साधारणसभाबाट उक्त बोनश शेयर पारित हुनेछ। तत्पश्चात कम्पनीको चुक्ता पुजीँ १ अर्ब ४४ करोडको हाराहारी हुन आउँछ। यसका साथै कम्पनीले हकप्रदको आन्तरिक तयारीमा रहेको देखिन्छ।
एनएलजी इन्स्योरेन्सः कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५.५० प्रतिशत बोनश शेयर लगानीकर्ताको लागि जारीगरेसँगकै हालको चुक्ता पुजीँ २ अर्ब ५० करोड २६ लाख रुपैयाँ चुक्ता पुजीँ पुगेको छ । तर, अझै उक्त बोनश शेयर सूचिकृत भने भएको छैन। साथै कम्पनीले ९६ करोड ३१ लाख बराबरको हकप्रद जारी गर्न सेबोनमा निवेदन पनि गरेको छ।
जिवन बिमा कम्पनीहरुः प्रिमियरमा आईपीओको लहर
पुजीँ पुर्याउन बाँकी रहेकामध्ये ४ कम्पनीले प्रिमियममा आईपीओ निष्काशन र जगेडाबाट पुजीँ पुर्याउने योजना बनाएका थिए। जसमध्ये केहीले साही अनुसार कार्यसम्पन्न गरेका छन् भने केही प्रक्रियामा छन्।
सिटिजन लाईफ इन्स्योरेन्सले पनि प्रिमियममा आईपीओ निष्काशन गरेको छ। पुजीँ वृद्धि गर्ने प्राधिकरणको निर्णय गर्ने समयमा कम्पनीको पुजीँ २ अर्ब ६२ करोड ५० लाख थियो। यसले प्रिमियममा आईपीओ र बोनस शेयर जारी गरि अहिले ३ अर्ब ९३ करोड ७५ लाख पुर्याएको छ। अझै करिब १ अर्ब ६ करोड रुपैयाँ अपुग रहेको छ।
आईएमई लाईफ इन्स्योरेन्सले पनि प्रिमियममा आईपीओ जारी गरि हाल ४ अर्ब पुजीँ पुर्याएको छ।
त्यस्तै प्रिमियममा आईपीओ जारी गरेको सन नेपाल लाईफको हाल पुजीँ ३ अर्ब २० करोड पुगेको छ। अझै १ अर्ब ८० करोड रुपैयाँ अपुग रहेको छ।
यसैगरी लाईफ इन्स्योरेन्स कर्पाेरेशनको हालको चुक्ता पुजीँ २ अर्ब ६५ करोड ३२ लाख रहेको छ। यसले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रदको लागि सेबोनमा निवेदन दिएको छ।
एशियन लाईफको चुक्ता पुजीँ गत आर्थिक वर्षको मुनाफाबाट दिईएको बोनश शेयर पश्चात ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैँया चुक्ता पुजीँ पुगेको छ। बाँकी पुजीँ पुर्याउन कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ।
त्यसैगरी रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले गत वर्षको साधारणसभाबाट १६ प्रतिशत बोनश शेयर पारित गरेसँगै कम्पनीको पुजीँ ४ अर्ब ६४ करोड पुगेको छ। अझै ३६ करोड रुपैयाँ भने अझै अपुग रहने देखिन्छ।
सरकारी दुई कम्पनीको हरिबिजोग
सरकारी स्वामित्वमा दुई कम्पनिहरुको अवस्था भने हरिबिजोग नै छ। राष्ट्रिय बीमा कम्पनीको पुजीँ २६ करोड ६६ लाख ३९ हजार र राष्ट्रिय जीवन बिमा कम्पनी(बिमा संस्थान)को पुजीँ १८ करोड १० लाख २० हजार मात्रै छ। कम्पनीहरुले विगतका वर्षहरु देखि नै लेखापरिक्षण नगर्ने तथा नियामक निकाय प्राधिकरणका नीति तथा नियमको परिधिभन्दा बाहिर रहेरै काम गर्दै आएका छन्।
पुजीँ पुगेका कम्पनीहरु
जिवनबिमा तर्फः नेपाल लाईफ इन्स्यारेन्स, हिमालयन लाइफ इन्स्योरेनस र नेशनल लाईफ इन्स्योरेन्स रहेका छन्।
निर्जीबन तर्फः शिखर इन्स्योरेन्स, सलिको इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेनस रहेका छन्।
त्यस्तै विदेश स्थिति बीमकका शाखा कार्यलयलाई भने नेपालमा पुजीँको दायराभित्र बस्नु पर्दैन अर्थात मुख्य कम्पनीले नै दायित्व बेहोर्ने हुन्छ। जसअन्तर्गत दि ओरिएण्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र मेट लाईफ इन्स्योरेन्स रहेका छन्।
प्रतिक्रिया