वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा अन्तरिम लाभांश घोषणा

अर्थलगानी
२०८१ बैशाख २४, सोमबार

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरणसम्बन्धि निर्णय गरेको हो।

निर्णय अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १(४२०२ प्रतिशत नगद लाभांश वितरण गर्ने छ।

यो लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी विशेष साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९३ करोड ७५ लाख रहेको छ। प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी ५ अर्ब ५३ करोड नाघ्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी