वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

व्यवसाय दोब्बरले वृद्धि हुँदा सानिमा रिलायन्सको जीवन बीमा कोष साढे १३ अर्ब माथि

अर्थलगानी
२०८१ बैशाख ३०, आईतवार

काठमाडौँ। सानिमा रिलायन्स लाइफइन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को तेश्रो त्रैमासको वित्तीयविवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको शेयर पूँजी ४ अर्ब १८ करोड रहेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको तुलनामा ९२.९४ प्रतिशतले नाफा वृद्धिगर्दै ३० करोड ४८ लाख रुपैयाँना फाआर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा जम्मा १५ करोड ७९ लाख रुपैयाँ थियो ।

कम्पनीको महा विपत्ती कोषमा १२ करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिटेण्ड अर्निङ्गमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । २०७९÷८०को असार मसान्तसम्ममा कम्पनीको जीवनबीमा कोषमा १० अर्ब ९१ करोड रहेको थियो । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार २४.१४ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५५ करोड पुगेको विवरणले देखाएको छ ।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गतवर्षको सोही अवधिको तुलनामा ११८.९३ प्रतिशतले वृद्धि भएको छ । गतवर्ष सोही अवधिमा १ अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

४ अर्ब १ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुदबीमा शुल्क आर्जन ११७.०७ प्रतिशतले वृद्धि भएको पाइन्छ । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २६ करोड १९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

प्रतिशेयर आम्दानी ९.७१ रुपैयाँ र प्रति शेयर नेटवर्थ १२६.९९ रुपैयाँ रहेको कम्पनीले ४३ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी