काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा ६० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा २२.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले ४९ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यो अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ८.४९ प्रतिशतले बढेर २९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १० अर्ब ९३ करोड १६ लाख रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट ३४ करोड १३ लाख,बीमितलाई प्रदान गरिएको कर्जाबाट १० अर्ब ९३ करोड र २ करोड ४४ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३६ अर्ब ९ करोड ७५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १०।२१ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३२ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ थियो।
कम्पनीले समीक्षा अवधिसम्म ३९ अर्ब ७० करोड ८८ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च ३६ अर्ब ५६ करोड ६९ लाख रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १ अर्ब ११ करोड रुपैयाँबराबर रहेको छ । रिटेन्ड अर्निङ कोषमा २ अर्ब ९० करोड रुपैयाँ सञ्चित गरेको कम्पनीले सेयर प्रिमियम शीर्षकमा ४ करोड ३८ लाख रुपैयाँ छुट्टाएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ८ रुपैयाँ रहेको ईपीएस बढेर ९.८ रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १४८.६५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४९३ रुपैयाँ र पीई अनुपात ६१.२३ गुणा कायम भएको छ ।
प्रतिक्रिया