काठमाडौँ। प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकैदिन साधारणभा गर्न लागेका छन्। महालक्ष्मी लाईफले वार्षिक साधारण सभा गर्न लागेको हो भने प्रभु लाईफले विशेष साधारण सभा आह्वान गरेको हो। सभा जेठ २६ गते आह्वान गरेका छन्। दुवै ईन्स्योरेन्स कम्पनीको मुख्य एजेण्डा भनेको मर्जर प्रस्ताव अगाडी बढाउनु रहेको छ।
प्रभु लाइफको साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा आह्वान गरिएको छ भने महालक्ष्मी लाइफको वार्षिक साधारणसभा काठमाडौँको धुम्बाराहीस्थित होल अकामामा बिहान ११ बजेबाट सुरु हुनेछ।
दुवै कम्पनीको सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफबीचको मर्जर प्रक्रिया पारित गर्नेछ। मर्जरपश्चात कम्पनकिो नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ रहने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
दुवै सभाले बराबरी हैसियत अर्थात १ः१ सेयर स्वाप रेसियोमा गाभिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूर्ण सम्झौतालगायत कार्यहरु पनि सभाले स्वीकृत गर्नेछ।
प्रतिक्रिया