वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने

अर्थलगानी
२०८१ श्रावण ८, मंगलवार

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा आह्वान छ ।कम्पनीले आफ्नो ३६औं वार्षिक साधारण सभा भदौ ७ गते बिहान १०:३० बजे लाजिम्पाट, काठमाडौंमा आह्वान गरेको हो।
साधारण सभामा कम्पनीले हाल कायम चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख रुपैयाँको ४ प्रतिशत बोनस सेयर (२० करोड ४ लाख ६६ हजार रुपैयाँ) र १० प्रतिशत नगद लाभांश (५० करोड ११ लाख ६६ हजार रुपैयाँ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले साउन २४ गते बुकक्लोज गर्ने भएको छ। साउन २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी