काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कबि फुयालाई पुःन नियुक्त गर्ने निर्णय गरेको छ ।
कम्पनी सञ्चालक समितिले कवि फुयाललाई आगामी चार वर्षका लागि पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनी सञ्चालक समितिको बैठकले यस निर्णयलाई अन्तिम स्वीकृतिका लागि बीमा प्राधिकरणमा पठाएको छ। फुयाल २०७७ साल भदौं ७ गतेदेखि सीईओको रूपमा कार्यरत थिए, र उनको कार्यकाल सकिनु अघि नै पुनः नियुक्ति प्रक्रिया अघि बढाइएको हो।
प्राधिकरणको स्वीकृतिपछि, फुयालले पुनः सीईओको जिम्मेवारी सम्हाल्नेछन्।
प्रतिक्रिया