काठमााडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको विजनेश एक्सिलेन्स समिट–२०८१ चितवनको नारायणगढमा सम्पन्न भएको छ। साउन १८ देखि २० सम्म सञ्चालन भएको उक्त कार्यक्रममा देशभरका शाखा प्रमुख र उच्च व्यवस्थापकको उपस्थितिमा समिट सम्पन्न भएको हो ।
समिटको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए, र स्वागत मन्तब्य नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले प्रस्तुत गरेका हुन्।
उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा प्रमुखहरुलाई सम्मान गरिएको थियो। प्रमुख कार्यकारी अधिकृत प्रसाईले चुनौतिलाई अवसरमा परिणत गर्दै आगामी वर्षमा व्यवसाय विस्तारमा जोड दिन निर्देशन दिएका थिए।
कार्यक्रममा नायब महाप्रबन्धक सोन बहादुर मगरले व्यवसायिक रणनीति र बीमा बजारको बारेमा जानकारी दिएका थिए। साथै, ब्रान्ड एम्बेसेडर मनोज गजुरेलको प्रस्तुती र मोटिभेसनल कोच बिके विजय राज सिग्देलको उत्प्रेरणात्मक सेसनसमेत भएको थियो।
कार्यक्रमको सञ्चालन योगेन्द्र प्रसाद खतिवडाले गरेका थिए, र सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेलले धन्यवाद व्यक्त गरेर समापन गरेका थिए।
प्रतिक्रिया