काठमाडौं – नेपाली बीमा क्षेत्रमा उत्कृष्टता कायम गर्दै आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘HRM नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ को लाइफ इन्स्योरेन्स विधा अन्तर्गत सम्मानित भएको छ। मंगलबार (फागुन १३) सम्पन्न भव्य समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बी.सी. ले उक्त अवार्ड ग्रहण गरे।
उत्कृष्टताको आधारमा छनोट
यस अवार्डका लागि विभिन्न जीवन बीमा कम्पनीहरू मनोनयनमा परेका थिए। वित्तीय सूचकांक, सुशासन, नवप्रवर्तन र सेवा प्रभावकारिताका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स अवार्ड जित्न सफल भएको हो। कम्पनीले छोटो अवधिमा नै गुणस्तरीय बीमा सेवा, प्रभावकारी ग्राहक सेवा प्रणाली र दीगो रणनीति मार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
बीमा पहुँच विस्तारमा अग्रसर
सिटिजन लाइफ इन्स्योरेन्सले नेपालको बीमा पहुँच विस्तार र बीमा सेवाको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। जनस्तरमा पुगेर बीमा सेवाको प्रवर्धन गर्ने उद्देश्यले कम्पनीले ग्राहकलाई केन्द्रीत रणनीति र नवीनतम सेवा मोडल अपनाउँदै आएको छ।
बीमा क्षेत्रमा सिटिजन लाइफको प्रभाव
स्थापनाको छोटो अवधिमै सिटिजन लाइफ इन्स्योरेन्स नेपाली बीमा बजारमा अग्रणी स्थान बनाउन सफल भएको छ। आधुनिक प्रविधिको प्रयोग, ग्राहक-केंद्रित सेवा, तथा वित्तीय स्थायित्वको आधार बलियो बनाउँदै कम्पनीले प्रतिस्पर्धी बजारमा आफूलाई स्थापित गरिरहेको छ।
अवार्ड प्राप्त गर्दै कम्पनीका सीईओ पौडेलले “यो अवार्डले हामीलाई अझ जिम्मेवार बनाएको छ। ग्राहकको विश्वासलाई थप मजबुत बनाउँदै, नविनतम सेवा र सुशासनमा निरन्तर सुधार गर्दै जानेछौं।” भन्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
लेखकको बारेमा

प्रतिक्रिया