काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा अधिकतम ७५ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । कम्पनीले असार ४ गतेदेखि असार १५ गतेसम्मको अवधिमा व्यतित बीमालेख नवीकरण गर्ने बीमितहरूलाई यो छुट प्रदान गरिने जनाएको छ।
बीमा नवीकरणमा लाग्ने छुटको विवरण यसप्रकार छ:
-
२ वर्षभन्दा कम समय व्यतित बीमालेखमा – ७५% छुट
-
२ वर्षभन्दा बढी तर ३ वर्षभन्दा कम व्यतित बीमालेखमा – ५०% छुट
-
३ वर्षभन्दा बढी समय व्यतित बीमालेखमा – २५% छुट
योजना अन्तर्गत छुट सुविधा पहिले नै प्राप्त गरिसकेका बीमालेखहरूलाई भने यो छुट लागू नहुने कम्पनीले स्पष्ट पारेको छ। साथै, यस योजनाबाट छुट पाएका बीमितहरूले बीमाको बाँकी अवधिमा पुनः कुनै प्रकारको व्याज छुट नपाउने जानकारी दिइएको छ।
कम्पनीका अनुसार बीमालेख पुनर्जागरण गर्न आवश्यक सम्पूर्ण अन्डरराइटिङ्ग प्रक्रिया अनिवार्य रूपमा पूरा गर्नु पर्नेछ।
प्रतिक्रिया