वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेको इन्सुरेन्सद्वारा महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई आर्थिक सहयोग

अर्थलगानी
२०८० असार २७, बुधबार

काठमाडौँ। नेको इन्सुरेन्स लिमिटेडले महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई आर्थिक सहयोग गरेको छ । कम्पनीले मधेश प्रदेशको सिरहा जिल्लाको धनगढीमाई नगरपालिका, छपराडी स्थित उक्त मुनाफा रहित सामुदायिक अस्पताललाई एघार लाख सहयोग प्रदान गरेको हो ।

उक्त अस्पतालको भवन भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको तर मेडिकल उपकरण, औषधी लगायतका सामाग्रीहरुको अभाव रहेको पाइएकोले मधेशका महिलाहरुको प्रसुती सेवा तथा बालबालिकाको उपचारमा सहयोग पुगोस् भनेर सामाजिक उत्तरदायित्व स्वरुप उक्त रकम प्रदान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले अस्पताल ब्यवस्थापनलाई चेक हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेको इन्सुरेन्स लिमिटेडले महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई आर्थिक सहयोग गरेको छ । कम्पनीले मधेश प्रदेशको सिरहा जिल्लाको धनगढीमाई नगरपालिका, छपराडी स्थित उक्त मुनाफा रहित सामुदायिक अस्पताललाई एघार लाख सहयोग प्रदान गरेको हो । उक्त अस्पतालको भवन भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको तर मेडिकल उपकरण, औषधी लगायतका सामाग्रीहरुको अभाव रहेको पाइएकोले मधेशका महिलाहरुको प्रसुती सेवा तथा बालबालिकाको उपचारमा सहयोग पुगोस् भनेर सामाजिक उत्तरदायित्व स्वरुप उक्त रकम प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले अस्पताल ब्यवस्थापनलाई चेक हस्तान्तरण गरेका हुन्।