वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आम्दानी एक खर्ब ४२ अर्ब माथि, कुन कम्पनीको अवस्था कस्तो ?(सूचीसहित)

अर्थलगानी
२०८० श्रावण २८, आईतवार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ ।

प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्मको कुल बीमाशुल्क आम्दानी एक खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख १३ हजार रहेको छ। यो गत वर्षको तुलनामा २ दशमलव ०५ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७८।७९ को ८ महिनाको कुल बीमाशुल्क आम्दानी भने ९३ अर्ब ७५ करोड ३७ लाख ८१ हजार रहेको थियो ।

बीमा कम्पनीको बीमा शुल्क संकलनमा उल्लेखनिय नतिजा आउँदै जानुको पछाडी नविकरण अर्थात पुरानै व्यावसायको निरन्तरता भएको बीमा जानकारहरुको भनाइ छ । कम्पनीहरुले नविकरणबाट मात्रै एक खर्ब एघार अर्ब ११ करोड ७० लाख ५१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन गत वर्षको मंसिरसम्ममा ७५ अर्ब २० करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

यद्यपी यो बीमा नविकरण बढ्दै गर्दा बीमितहरु सहजताले नै नविकरण गरेको भन्ने नबुझ्न जानकारहरु आग्रह गर्छन्। बीमालेख नविकरण गर्ने र कर्जा लिईहाल्ने बीमितहरुको संख्या उल्लेख्य रहेको इन्स्योरेन्सकर्मीहरु बताउँछन्।

गत आर्थिक वर्षको मंसिर महिनासम्म जिवन बीमा कमपनीहरुले १८ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेका थिए। तर, चालु आर्थिक वर्षको असार मसान्तसम्ममा आउँदा यस्तो रकम ३१ अर्ब २३ करोड ८५ लाख ६२ हजार रुपैयाँ बराबर प्रथम बीमा शुल्क संकलन गरेका छन्। यसले अर्को वर्ष नविकरणको बीमा शुल्क आम्दानीमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।

हेर्नुस् कसको कति ?

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्मको कुल बीमाशुल्क आम्दानी एक खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख १३ हजार रहेको छ। यो गत वर्षको तुलनामा २ दशमलव ०५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८।७९ को ८ महिनाको कुल बीमाशुल्क आम्दानी भने ९३ अर्ब ७५ करोड ३७ लाख ८१ हजार रहेको थियो । बीमा कम्पनीको बीमा शुल्क संकलनमा उल्लेखनिय नतिजा आउँदै जानुको पछाडी नविकरण अर्थात पुरानै व्यावसायको निरन्तरता भएको बीमा जानकारहरुको भनाइ छ । कम्पनीहरुले नविकरणबाट मात्रै एक खर्ब एघार अर्ब ११ करोड ७० लाख ५१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन गत वर्षको मंसिरसम्ममा ७५ अर्ब २० करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । यद्यपी यो बीमा नविकरण बढ्दै गर्दा बीमितहरु सहजताले नै नविकरण गरेको भन्ने नबुझ्न जानकारहरु आग्रह गर्छन्। बीमालेख नविकरण गर्ने र कर्जा लिईहाल्ने बीमितहरुको संख्या उल्लेख्य रहेको इन्स्योरेन्सकर्मीहरु बताउँछन्। गत आर्थिक वर्षको मंसिर महिनासम्म जिवन बीमा कमपनीहरुले १८ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेका थिए। तर, चालु आर्थिक वर्षको असार मसान्तसम्ममा आउँदा यस्तो रकम ३१ अर्ब २३ करोड ८५ लाख ६२ हजार रुपैयाँ बराबर प्रथम बीमा शुल्क संकलन गरेका छन्। यसले अर्को वर्ष नविकरणको बीमा शुल्क आम्दानीमा सकारात्मक प्रभाव पार्ने देखिन्छ। हेर्नुस् कसको कति ?