वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा जिआईसीको वित्तीय अपडेटः मुनाफा २८ करोडमाथि, बीमा व्यवसाय दुई अर्ब नाघ्यो

अर्थलगानी
२०८० श्रावण ३१, बुधबार

काठमाडौँ । सानिमा जेनेरल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा २८ करोड एक लाख ८२ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९३ दशमलव ३६ प्रतिशतले बढी हो । विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १४.०१ रुपैयाँ रहेको छ ।

यस्तै, कम्पनीको बीमा शुल्क आर्जन ६२ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस हिसाबमा अघिल्लो वर्षको तुलनामा यस अवधिमा बीमा शुल्क आर्जन १२६.४७ प्रतिशत बढेको देखिन्छ ।

यसैगरी, अघिल्लो आर्थिक वर्षको अवधिमा १० करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले समिक्षा अवधिमा भने २८ करोड ६२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

दुई अर्ब चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ०१ पैसा र प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ६५ पैसा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । सानिमा जेनेरल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा २८ करोड एक लाख ८२ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९३ दशमलव ३६ प्रतिशतले बढी हो । विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १४.०१ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको बीमा शुल्क आर्जन ६२ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस हिसाबमा अघिल्लो वर्षको तुलनामा यस अवधिमा बीमा शुल्क आर्जन १२६.४७ प्रतिशत बढेको देखिन्छ । यसैगरी, अघिल्लो आर्थिक वर्षको अवधिमा १० करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले समिक्षा अवधिमा भने २८ करोड ६२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । दुई अर्ब चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ०१ पैसा र प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ६५ पैसा रहेको छ ।