काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले सवारी दुर्घटनामा परी पूर्ण अशक्त भएका बीमित मान बहादुर बुढालाई १० वर्षसम्म मासिक भत्ता तथा किस्ता छुट प्रदान गर्ने भएको छ ।
बीमित मान बहादुरको उक्त किस्ता छुट र १० वर्षसम्म मासिक भत्ता प्रदान गर्ने निर्णय भएको कम्पनीका एक कर्मचारीले जानकारी दिए ।
बीमित मान बहादुरलाई उनको घरमै पुगेर सो कुराको जानकारी दिनुका साथै उनको स्वास्थ्य लाभको कामना समेत गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया