काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग देखिएका बीमितलाई अस्पतालमै पुगेर दाबी भुक्तानी गरेको छ। त्रिपुरेश्वर शाखा प्रवन्धक दिपक पोखरेल सहितको टोलिले त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा पुगी २ लाख ४२ हजार एक सय पाँच रुपैया बराबरको दाबी भुक्तानी गरेका हुन।
रामेछाप दोरम्बा घर भई हाल कागेश्वरी मनोहरा ९, काठमाडौंमा स्थायी बसोवास गर्दै आएकी कुनमाया श्रेष्ठले दुई वर्ष पहिला सिटिजन इन्स्योरेन्समा बीमा गराएकी थिईन्। अहिले रोग लागेपछि कम्पनीले घातक रोग अन्तर्गतको उपचार खर्च उपलब्ध गराइएको हो ।
कार्यक्रमा कम्पनीका सि.एजेन्सी म्योनेजर गिता रायमाझी तथा एजेन्सी म्यानेजर हिरा कुमारी योञ्जन , शर्मिला टण्डन लगायतको उपस्थिती रहेको थियो । श्रेष्ठले आफु उपचाररत रहेको बेला बेडमै ल्याएर उपचार खर्च उपलब्ध गराएकोमा खुसी ब्यक्त गर्दै धन्यवाद दिइन ।
प्रतिक्रिया