काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिजेता सार्वजनिक गरेको छ । कम्पनीले नविकरण बीमाशुल्क अब अनलाइनमार्फत भुक्तानी गर्नुहोस् र जित्नुहोस् ‘उपहारै–उपहार’ भन्ने योजनाका विजेताहरु घोषणा गरेको हो ।
गत असार २४ गतेदेखि लागु गरेको उक्त योजनामा असार ३१ गतेसम्म कायम रहेका बीमितहरुलाई लकी ड्र मार्फत बिजेता बनाएको कम्पनीले जनाएको छ।
सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट लकी ड्र मार्फत शिला खुलाललाइ बम्पर बिजेता घोषणा गरेको सूर्यज्योती लाइफले विजेतालाई स्मार्टफोन प्रदान गरेको छ। त्यस्तै, डेली लकी ड्र मार्फत नवराज परियार, लाल काजी तामाङ, दिसव कार्की, सुमन ढकाल, दिप सागर जीएम, बिर्ख कामी, सुवास शर्मा र बिनोद बहादुर वलीलाई बिजेता घोषणा गरेको खबर सार्वजनिक गरिएको छ ।
साथै, डेली बिजेताहरुले सूर्यज्योति व्याग र छाता लगायतका गिफ्टहरु पाएको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया