काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस विवरण अनुसार, इन्स्योरेन्सको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको देखिन्छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको १६ करोड ११ लाख रुपैयाँको तुलनामा १४६.०३ प्रतिशत बढी हो।
समीक्षा अवधिमा, खुद आर्जित बीमाशुल्क २७.५२ प्रतिशत र कुल आम्दानी ३०.१८ प्रतिशतले वृद्धि भएको छ। यस्तै, खुद दाबी भुक्तानी ३३.६२ प्रतिशत र कुल खर्च २८.२३ प्रतिशतले बढेको छ।
नाफासँगै, इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि ४ रुपैयाँ ३७ पैसा बढेर ७ रुपैयाँ ९१ पैसा पुगेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५४.३४ गुणा रहेको छ, भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा रहेको छ।
यस इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ छ, जसमा महाविपत्ती कोषमा ३४ करोड ६८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ९५ लाख रुपैयाँ, र अन्य इक्विटीमा ६१ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया