वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक वर्षमा ८ प्रतिशतले बढ्यो बिमा पोलिसी सरेन्डर

अर्थलगानी
२०८१ श्रावण २८, सोमबार

काठमाडौँ। नेपालमा बिमा पोलिसी सरेन्डर दर गत आर्थिक वर्षको असार मसान्तसम्म ८.६७ प्रतिशतले बढेको छ। यस अवधिमा १४ अर्ब ५० करोड १२ लाख ७७ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा उल्लेखनीय वृद्धि हो। जहाँ १३ अर्ब ३४ करोड ३३ लाख ७१ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको थियो।

संख्यात्मक रुपमा सरेन्डर भएको पोलिसीको संख्या १७.५७ प्रतिशतले वृद्धि भएर १ लाख १३ हजार ९७६ पुगेको छ। जबकि अघिल्लो आवमा ९६ हजार ९३८ वटा पोलिसी सरेन्डर भएको थियो।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै पोलिसी सरेन्डर गरेको छ। यसको २८ हजार ६२७ वटा बीमालेखबापत ४ अर्ब ४१ करोड ३९ लाख १२ हजार रुपैयाँको सरेन्डर भएको छ। अर्को तर्फ, सन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा कम सरेन्डर गरेको छ। जसमा ६८२ बीमालेखबापत ६ करोड ६२ लाख रुपैयाँको सरेन्डर भएको छ।

यो वृद्धि आर्थिक संकटसँग सम्बन्धित रहेको बताइएको छ, जसका कारण बीमितहरूले आफ्नो पोलिसी सरेन्डर गर्न बाध्य भएका छन्। हालको निर्देशिकाअनुसार, बीमितले ३ वर्षसम्म पोलिसी सरेन्डर गर्न पाउँदैनन्, जसले गर्दा सरेन्डरको प्रक्रिया व्यवस्थित गरिएको छ।

कुनको कति?

लाइफ इन्स्योरेन्स कर्पोरेसनः कम्पनीको ३० हजार ३०९ बीमालेख बापत ४ अर्ब ३० करोड ३७ लाख ५ ३ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।राष्ट्रिय बीमा संस्थानः १३ हजार ९४१ वटा बीमालेखबापत १ अर्ब १० करोड ४८ लाख ८२ हजार रुपैयाँको पोलिसी
नेसनल लाइफः ७ हजार ५ सय बीमालेखबापत १ अर्ब १ करोड ८० लाख ३९ हजार रुपैयाँको पोलिसी
हिमालयन लाइफ इन्स्योरेन्सः ७ हजार ८१० बीमालेखमार्फत १ अर्ब २ करोड ९५ लाख ४ हजार रुपैयाँको पालिसी
एसियन लाइफ इन्स्योरेन्सः ७ हजार १७१ बीमालेखबापत ५५ करोड ६३ लाख ५६ हजार रुपैयाँ
मेट लाइफः ४ हजार १०३ बीमालेखबापत ४३ करोड २८ लाख १२ हजार रुपैयाँ
आईएमई लाइफ इन्स्योरेन्सः १ हजार ४२५ बीमालेखबापत १३ करोड ६६ लाख ६४ हजार रुपैयाँको पोलिसी सरेन्डर
रिलायबल नेपाल लाइफः १ हजार ४७४ बीमालेख बापत ९ करोड ४ लाख १७ हजार
सिटिजन लाइफः २ हजार ६५१ बीमालेखबापत १७ करोड ३३ लाख ३६ हजार रुपैयाँ
सूर्याज्योति लाइफः ५ हजार २७४ बीमालेखबापत ७१ करोड ४१ लाख ३३ हजार रुपैयाँ
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सः १ हजार ७२८ बीमालेखबापत २४ करोड ८्र६ लाख १४ हजार रुपैयाँ
प्रभु महालक्ष्मी लाइफः १ हजार २८१ बीमालेख बापत २१ करोड २६ लाख ४७ रुपैयाँको पोलिसी सरेन्डर

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी