वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल लाइफको खुद नाफा ३० प्रतिशतले बढ्यो

अर्थलगानी
२०८१ श्रावण २९, मंगलवार

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसारइन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ।

कम्पनीले समिक्षा अवधिमा ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.८१ प्रतिशत बढी हो। अघिल्लो वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३९ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो।

त्यस्तै कम्पनीले समीक्षा अवधिमा खुद आर्जित बीमाशुल्क ९.८६ प्रतिशत र कुल आम्दानी १२.३४ प्रतिशतले वृद्धि भएको छ। कुल दाबी भुक्तानी १२.६५ प्रतिशत र कुल खर्च ११.५८ प्रतिशतले बढेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ। जुन १ रुपैयाँ ४७ पैसा बढेर ६ रुपैयाँ २६ पैसा पुगेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९८.९९ गुणा रहेको छ, र प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ।

कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ। महाविपत्ती कोषमा १ अर्ब ९ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५ अर्ब २८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७६ करोड १५ लाख रुपैयाँ सञ्चित छ।
यसरी, नेपाल लाइफ इन्स्योरेन्सले वित्तीय दृष्टिले सकारात्मक प्रगति गरेको छ, जसले भविष्यमा थप विकासको सम्भावना देखाउँछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी