वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जीवन बीमा कम्पनीले गरे ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह, ब्याज आम्दानी २४% ले वृद्धि

अर्थलगानी
२०८१ भाद्र १०, सोमबार

काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा ९७ अर्ब ७३ करोड रुपैयाँको बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७.३४ प्रतिशतले बढी हो। बीमितहरूले आफ्नो बीमालेख धितो राखेर सहजै कर्जा लिन सक्ने व्यवस्थाका कारण बैंकहरूको तुलनामा बीमा कम्पनीहरूबाट कर्जा लिने प्रक्रियामा वृद्धि भएको हो।

कर्जा प्रवाहमा सर्वाधिक योगदान नेपाल लाइफ इन्स्योरेन्सले ३३ अर्ब ९१ करोड रुपैयाँका साथ गरेको छ । एलआइसी नेपाल र नेशनल लाइफले क्रमशः २२ अर्ब २१ करोड र १० अर्ब ९८ करोड रुपैयाँको कर्जा प्रवाह गरेका छन्।

ब्याजदरमा केही गिरावट भए तापनि जीवन बीमा कम्पनीहरूको ब्याज आम्दानीमा वृद्धि देखिएको छ। गत आवमा कर्जा प्रवाह गरी बीमा कम्पनीहरूले ९ अर्ब ८९ करोड रुपैयाँको ब्याज आम्दानी गरेका छन् । जसमा नेपाल लाइफले मात्र ३ अर्ब ३९ करोड रुपैयाँको आम्दानी गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी