वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सातौं वार्षिकोत्सवको अवसरमा रिलायबल नेपाल लाइफले आयोजना गर्याे रक्तदान कार्यक्रम

अर्थलगानी
२०८१ भाद्र १४, शुक्रबार

काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रक्तदान कार्यक्रम आयोजना गरेको छ। इन्स्योरेन्सले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा यो कार्यक्रम आयोजना गरेको हो।

बार्षिकोत्सवमा चितवन रिजन कार्यालयद्वारा भदौ १५ गते शनिबार रक्तदान कार्यक्रम सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ । रक्तदान शिविर रिलायबल नेपाल लाइफको नारायणगढ शाखा, भरतपुर ओरालो आँदा अस्पताल अगाडी विहान साढे ७ बजे सञ्चालन गरिनेछ ।

साथै कम्पनीले उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न कर्मचारी, अभिकर्ता लगायत इच्छुक सबैलाई आह्वान गरेको छ । रक्तदानले कसैको अमूल्य जीवन बच्ने भएकाले शिविर सञ्चालन गरी रक्तदान गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो वार्षिकोत्सवमा यस्तै विभिन्न प्रकारका परोपकारी कार्य गर्दै आइरहेको छ । यस कार्यलाई थप निरन्तरता दिने प्रतिबद्धता समेत कम्पनीले गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी