वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल लाइफद्वारा ‘हामीलाई त वडा दशैं लाग्यो है!’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना

अर्थलगानी
२०८१ आश्विन २०, आईतवार

काठमाडौँ। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमंग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । वडा दशैंको उत्साहमा अझै उमंग थप्न नेपाल लाइफ इन्स्योरेन्सले ‘हामीलाई त बडा दशैं लाग्यो है !’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।

हामीलाई त वडा दशैं लाग्यो है! नामक यस टिकटकको जिंगलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । नेपाल लाइफबाट उपलब्ध जिंगलमा टिकटक बनाएर अपलोड गर्ने मध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरुलाई क्रमश ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिको आधारमा तय हुनेछ भने यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यहि मिति २०८१ असोज १७ गतेदेखि कार्तिक २४ गतेसम्म सहभागी हुन सकिने छ । दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । सबैको लागि यो वडा दशैं रमाइलो रहोस् भन्ने कामना सहित यो मनोरञ्जनात्मक कार्यक्रममा आफ्नो रचनात्मक प्रस्तुति देखाएर उपहार जित्नको लागि नेपाल लाइफले सबैलाई आह्वान गरेको छ ।

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले वडा दशैं २०८१ को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् । कम्पनीले सञ्चालनमा ल्याएको टिकटक प्रतियोगितामा सहभागिता जनाई आफ्नो रचनात्मक प्रस्तुति गरी कम्पनीद्वारा निर्धारण गरिएको पुरस्कारबाट सम्मानित हुन सबैमा आग्रह गरे ।

कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्ने कुरा बताएका छन् । यसका साथसाथै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले वडा दशैं २०८१, तिहार, नेपाल सम्वत ११४५ र छठ पर्वको सबै सरोकारवालाहरूमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी