वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

६ महिनामा साढे ७ अर्बको पोलिसी सरेण्डर, कुन कम्पनीको कति ?

अर्थलगानी
२०८१ माघ ११, शुक्रबार

काठमाडौँ। जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ। नियामक निकाय बीमा प्राधिकरणको तथ्यांक अनुसार पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमार्फत ५४ हजार ४१४ वटा बीमा पोलिसी वापत सात अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका हुन् ।

यस त्रैमासम्मा एलआईसी नेपालको सबैभन्दा बढी बीमा पोलिसि सरेण्डर भएको छ। पुष मसान्तसम्ममा १३ हजार ९६८ वटा बीमा पोलिसी वापत दुई अर्ब ३८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।

दोस्रोमा नेपाल लाइफ रहेको छ । कम्पनीमा यस अवधिसम्मा १२ हजार २४१ वटा बीमा पोलिसी वापत दुई अर्ब दुई करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ६७ करोड ६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । त्यस्तै, एशियन लाइफ र नेशनल लाइफको ४६ करोड रुपैयाँ, सूर्य ज्योति लाइफको ३८ करोड ९४ लाख रुपैयाँ, हिमालयन लाइफको ३३ करोड ३३ लाख रुपैयाँ र मेट लाइफको १९ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।

यस अवधिमा सानिमा रिलायन्स लाइफको १३ करोड १२ लाख रुपैयाँ, आइएमई लाइफको नौ करोड ६ लाख रुपैयाँ, सिटिजन लाइफको ११ करोड ५८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको नौ करोड ८२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको पाँच करोड ५६ लाख रुपैयाँ र सन नेपाल लाइफको तीन करोड ५२ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी