काठमाडौँ। आइएमई लाइफ इन्सुरेन्सले फागुन २५ गते वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले दियो महल, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो।
सभाले सेयरधनीलाई २१.०५२६४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने भएको छ । फागुन १४ गते महाशिवरात्रिको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तसर्थ, फागुन १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया