वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेशनल लाईफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमाले गरिन् शपथ ग्रहण

अर्थलगानी
२०८२ असार ११, बुधबार

काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्सकी नवनियुक्त अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले शपथ ग्रहण गरेकी छिन्। उनलाई नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाबाट अध्यक्ष लक्ष्मी सिंहलाई एक कार्यक्रमको बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को ब्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

कम्पनीको मिति २०८२/०३/०५ मा भएको ३७ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई श्रीमती सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी हुन्।

नेपाल बीमा प्राधिकरणको अध्यक्षवाट कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे। श्रीमती सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा नेपाल बीमा प्राधिकरणको अध्यक्षलाई आफ्नो र संचालक समितिको तर्फवाट आभार एवं धन्यवाद ज्ञापन गर्नु भयो । उक्त समारोहमा नेपाल बीमा प्राधिकरणवाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फवाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी