वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सन नेपाल लाइफ इन्स्योरेन्सको घोषणा गर्याे नयाँ बोनसदर, बीमितले अधिकतम ८० रूपैयाँसम्म पाउने

अर्थलगानी
२०८२ असार १७, मंगलवार

काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०–८१ का लागि नयाँ बोनसदर घोषणा गरेको छ।

कम्पनीले आव २०८०-८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार २३ रुपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनस पाउनेछन् ।

सनलाइफ सावधिक जीवन बीमालेख

यस योजनामा कम्पनीले ० देखि १९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रति हजार ५५ रुपैयाँ, ३० र माथि अवधिका लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

भाग्योदय जीवन बीमालेख

यस बीमालेखकमा कम्पनीले ० देखि १९ वर्ष अवधिसम्मका लागि प्रति हजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ५२ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रतिहजार ५५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

बाल समृद्ध जीवन बीमालेख

यस योजनामा कम्पनीले ० देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

सावधिक सुनौलो जीवन बीमा

यस योजनामा कम्पनीले ० देखि १९ वर्ष अवधिका लागि ३० रुपैयाँ र २० देखि माथि वर्ष अवधिका लागि ५२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

सुनौलो बाल समृद्धि जीवन बीमा

कम्पनीले यस योजनामा ० देखि १९ वर्ष अवधिका लागि ३० रुपैयाँ र २० देखि माथि वर्ष अवधिका लागि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ।

नवीन आजीवन जीवन बीमा योजना

यस योजनामा कम्पनीले ० देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि पनि प्रति हजार ६२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

१५ वर्षे सार्थक आजीवन जीवन बीमालेख

यस योजनामा कम्पनीले सबै बीमा अवधिमा प्रतिहजार ३९ रुपैयाँ बोनसदर कायम गरेको छ।

धनधान्य जीवन बीमालेख

कम्पनीले यस योजनामा ० देखि १९ वर्ष अवधिको लागि २३ रुपैयाँ र २० वा सो भन्दा माथिका लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

धनलक्ष्मी बीमा योजना

यस बीमालेखको हकमा कम्पनीले ० देखि १९ वर्ष अवधिका लागि प्रतिहजार २३ रुपैयाँ बोनसदर कायम गरेको छ ।

धनञ्जय जीवन बीमा योजना

कम्पनीले यस योजनमा ० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार २३ रुपैयाँ, २० देखि माथि वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

नव धनलक्ष्मी जीवन बीमालेख

कम्पनीले यस योजनामा ० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार २३ रुपैयाँ, २० देखि माथि वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी