काठमाडौं ।मध्यपूर्वमा चर्किएको इरान–इजरायल युद्धमा अमेरिका समेत संलग्न भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच महिनाकै उच्च विन्दुमा पुगेको छ।पछिल्लो कारोबारमा डब्लूटीआई क्रुडको मूल्य १.९५ प्रतिशत (१.४४ डलर) ले वृद्धि भई प्रतिब्यारेल ७५.२८ अमेरिकी डलर कायम भएको छ। त्यसैगरी, ब्रेन्ट क्रुडको मूल्य १.८८ प्रतिशत (१.४५ डलर) ले बढेर ७८.४६ डलर पुगेको छ।
हर्मुज जलडमरु बन्द हुने खतरा, तेल मूल्य झनै बढ्न सक्ने
यसैबीच, इरानले महत्वपूर्ण हर्मुज जलमार्ग बन्द गर्ने चेतावनी दिएको छ। विश्वका ठूलो परिमाणका कच्चा तेल ढुवानी हुने यो जलमार्ग बन्द भएमा तेल र इन्धनको मूल्यमा व्यापक वृद्धि हुने चेतावनी अमेरिकी लगानी संस्था गोल्डम्यान स्याक्सले दिएको छ।
हर्मुज जलडमरु बन्द भए वैश्विक इन्धन आपूर्ति प्रणालीमा अवरोध आउने र यसको प्रत्यक्ष असर नेपालजस्ता आयातमा निर्भर मुलुकमा पेट्रोलियम पदार्थको मूल्यमा दबाव थपिने देखिन्छ।
विश्लेषकहरूले मध्यपूर्वको तनाव चर्किएमा कच्चा तेलको मूल्यले निकट भविष्यमा ८५–९० डलर प्रतिव्यारेलसम्म पुग्न सक्ने अनुमान गरेका छन्। यस्तो अवस्थामा विश्वव्यापी मुद्रास्फीति र ऊर्जा संकट थप चर्किन सक्ने सम्भावना रहन्छ।
लेखकको बारेमा

प्रतिक्रिया