काठमाडौँ। सानिमा इक्विटी फन्डको लाभांश सम्बन्धीत शेयरधनिको खातामा आएको छ। फन्डले आफ्ना इकाइधनीलाई निर्धारित नगद लाभांश खातामा पठाएको हो।
फन्डले इकाइधनीलाई सोमबार असोज २२ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेको हो।
यता, फन्डको योजना व्यवस्थापक सानिमा क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइ धनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ।
यसका लागि इकाइ धनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नु पर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नु पर्नेछ । खाता अद्यावधिक गरेपछि मात्र लाभांश जम्मा हुने एनआइएमबी एस क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९–८० को नाफाबाट फन्डले १८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेको हो ।
प्रतिक्रिया