वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु सेलेक्ट फण्डको प्रतिफल वितरण, खाता अद्यावधिक नभएकालाई तुरुन्तै गर्न आग्रह

अर्थलगानी
२०८० आश्विन २४, बुधबार

काठमाडौँ। प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले प्रतिफल वितरण गरेको छ।

फण्डले गत आर्थिक वर्षका लागि घोषणा गरेअनुसार करसहित ९.५ प्रतिशतका दरले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको हो।

प्रतिफल वितरण प्रयोजनार्थ फण्डले असोज १२ गते बुकक्लोज गरेको थियो। जस अनुसार फण्डले असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको बैंक खातामा सो दरमा प्रतिफल जम्मा गरेको हो। हितग्राही खातामा बैंक खाता अध्यावधिक नभएका इकाईधनीहरुलाई शिघ्र अध्यावधिक गराउन फण्डले अनुरोध गरेको छ।

फण्डको योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक प्रभु बैंक लिमिटेड रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले प्रतिफल वितरण गरेको छ। फण्डले गत आर्थिक वर्षका लागि घोषणा गरेअनुसार करसहित ९.५ प्रतिशतका दरले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको हो। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले असोज १२ गते बुकक्लोज गरेको थियो। जस अनुसार फण्डले असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको बैंक खातामा सो दरमा प्रतिफल जम्मा गरेको हो। हितग्राही खातामा बैंक खाता अध्यावधिक नभएका इकाईधनीहरुलाई शिघ्र अध्यावधिक गराउन फण्डले अनुरोध गरेको छ। फण्डको योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक प्रभु बैंक लिमिटेड रहेको छ।