वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर बिक्रीमा

अर्थलगानी
२०८० आश्विन २४, बुधबार

काठमाडौँ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर आज असोज २४ गतेबाट बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयर, जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

सेयर खरिदका लागि काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक २ गतेसम्म तोकिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर आज असोज २४ गतेबाट बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयर, जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। सेयर खरिदका लागि काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक २ गतेसम्म तोकिएको छ।