वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुमा असोज महिनामै निक्षेप संकलन १ खर्ब २५ अर्ब, लगानीयोग्य रकम कति ?

अर्थलगानी
२०८० आश्विन २४, बुधबार

काठमाडौं । चालू आर्थिक बर्षको असोज महिनामा बैंकहरुको निक्षेप संकलन १ खर्ब २५ खर्ब बढेको छ । जसमा बैंकहरुको लागनी ३५ अर्बले मात्रै बढेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनामा मात्रै बैंकहरुको लागनी रकम भन्दा निक्षेप रकम ८० अर्ब रुपैंया धेरै भएको उल्लेख गरेको छ ।

पछिल्लो समय बैंकहरुको ब्याजदर बढेको भन्दै बजारमा कर्जा प्रवाह नभएकोले लगानीयोग्य रकम थुप्रिएको हो ।

बैंकहरुले मुद्दती निक्षेपको निक्षेपको ब्याजदर बढाउदा साधारण बचतको पैसा पनि मुद्दती निक्षेपमा सर्दै गएको कारण बैंकहरुले मुद्दतीमा बढी ब्याज तिर्नुपरेको छ ।

दशैं तिहार जस्ता पर्वमा कर्जाको माग बढ्ेन अपेक्षा बैंकले लिएको थियो । सोही कारणले बैंकहरुले ब्याजदर बढाएको थियो । तर दशैंअघि आयातित वस्तु कम भएकोले बैंकमा रकम थुप्रिने निक्षित छ । जसको कारणले बैंकहरुको लागत मात्रै बढाएको छ ।

चालू आर्थिक बर्षको भदौं महिनामा बैंक तथा वित्तीय संस्थामा कुल ५७ खर्ब २६ थियो । उक्त निक्षेप संकलन असोज २० सम्म आउँदा ५८ खर्ब ४१ अर्ब रुपंैया पुगेको छ । जसमा भदौं महिनामा वाणिज्य बैंकहरुको मात्रै निक्षेप संकलन ५० खर्ब ४१ अर्ब रुपैंया रहेकोमा हाल उक्त निक्षेप रकम बढ्ेर ५१ खर्ब ६० अर्ब पुगेको तथ्यांकमा उल्लेख छ ।

कर्जा लगानी कमजोर

बैंकहरुको कर्जा लगानीमा गिरावट आएको छ । जसमा भदौं महिनामा बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ८ अर्ब रुपैंया कर्जा लगानी गरेकोमा असोज २० गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४३ खर्ब ७८ अर्ब रुपैंया पुगेको छ ।

चालू आर्थिक बर्षमा बैंक तथा वित्तीय संस्थाको कर्जा माग कम भएकोले बैंकमै पैसा थुप्रिएको हो ।

त्यस्तै बैंकहरुको सिडि रेसियो भदौं महिनाको तुलनामा कम भएको छ । भदौं महिनामा बैंकहरुको सिडि रेसियो ८१.७४ प्रतिशत रहेकोमा हालको महिनामा ८१ प्रतिशत सिडि रेसियो रहेको छ, जसले गर्दा बैंक तथा वित्तीय संस्थामा ४ खर्ब ८२ अर्ब रुपैंया लगानीयोग्य रकम छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । चालू आर्थिक बर्षको असोज महिनामा बैंकहरुको निक्षेप संकलन १ खर्ब २५ खर्ब बढेको छ । जसमा बैंकहरुको लागनी ३५ अर्बले मात्रै बढेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनामा मात्रै बैंकहरुको लागनी रकम भन्दा निक्षेप रकम ८० अर्ब रुपैंया धेरै भएको उल्लेख गरेको छ । पछिल्लो समय बैंकहरुको ब्याजदर बढेको भन्दै बजारमा कर्जा प्रवाह नभएकोले लगानीयोग्य रकम थुप्रिएको हो । बैंकहरुले मुद्दती निक्षेपको निक्षेपको ब्याजदर बढाउदा साधारण बचतको पैसा पनि मुद्दती निक्षेपमा सर्दै गएको कारण बैंकहरुले मुद्दतीमा बढी ब्याज तिर्नुपरेको छ । दशैं तिहार जस्ता पर्वमा कर्जाको माग बढ्ेन अपेक्षा बैंकले लिएको थियो । सोही कारणले बैंकहरुले ब्याजदर बढाएको थियो । तर दशैंअघि आयातित वस्तु कम भएकोले बैंकमा रकम थुप्रिने निक्षित छ । जसको कारणले बैंकहरुको लागत मात्रै बढाएको छ । चालू आर्थिक बर्षको भदौं महिनामा बैंक तथा वित्तीय संस्थामा कुल ५७ खर्ब २६ थियो । उक्त निक्षेप संकलन असोज २० सम्म आउँदा ५८ खर्ब ४१ अर्ब रुपंैया पुगेको छ । जसमा भदौं महिनामा वाणिज्य बैंकहरुको मात्रै निक्षेप संकलन ५० खर्ब ४१ अर्ब रुपैंया रहेकोमा हाल उक्त निक्षेप रकम बढ्ेर ५१ खर्ब ६० अर्ब पुगेको तथ्यांकमा उल्लेख छ । कर्जा लगानी कमजोर बैंकहरुको कर्जा लगानीमा गिरावट आएको छ । जसमा भदौं महिनामा बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ८ अर्ब रुपैंया कर्जा लगानी गरेकोमा असोज २० गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४३ खर्ब ७८ अर्ब रुपैंया पुगेको छ । चालू आर्थिक बर्षमा बैंक तथा वित्तीय संस्थाको कर्जा माग कम भएकोले बैंकमै पैसा थुप्रिएको हो । त्यस्तै बैंकहरुको सिडि रेसियो भदौं महिनाको तुलनामा कम भएको छ । भदौं महिनामा बैंकहरुको सिडि रेसियो ८१.७४ प्रतिशत रहेकोमा हालको महिनामा ८१ प्रतिशत सिडि रेसियो रहेको छ, जसले गर्दा बैंक तथा वित्तीय संस्थामा ४ खर्ब ८२ अर्ब रुपैंया लगानीयोग्य रकम छ ।