वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सन्राइज फस्र्ट म्युचुअल फण्डले भोलीदेखि लाभांश वितरण गर्दै

अर्थलगानी
२०८० आश्विन २५, बिहीबार

काठमाडौँ। सन्राइज क्यापिटल लिमिटेड अन्तर्गतको सन्राइज फस्र्ट म्युचुअल फण्डले भोलीदेखि लाभांश वितरण गर्ने भएको छ। क्यापिटलले करसहित १६ प्रतिशत प्रतिफल असोज २६ गते शुक्रवार देखि वितरण गर्न लागेको हो।

गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट योजनाले यस वर्ष कर समेत उक्त लाभांश वितरण गर्न लागेको हो । प्रतिफल प्रयोजनका लागि योजनाले असोज १४ गते एक दिन बुक क्लोज गरेको थियो।
बुक क्लोजको आधारमा असोज १४ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्नेछन् ।

योजना व्यवस्थापक सन्राइज क्यापिटलको साउन २५ गते दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले १३ करोड ७६ लाख रूपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने निर्णय गरेको थियो । अघिल्लो वर्षको मुनाफाबाट कर समेत १२ प्रतिशत प्रतिफल वितरण गरेको फण्डले यस वर्ष बढाएर प्रतिफल वितरण गर्न लागेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सन्राइज क्यापिटल लिमिटेड अन्तर्गतको सन्राइज फस्र्ट म्युचुअल फण्डले भोलीदेखि लाभांश वितरण गर्ने भएको छ। क्यापिटलले करसहित १६ प्रतिशत प्रतिफल असोज २६ गते शुक्रवार देखि वितरण गर्न लागेको हो। गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट योजनाले यस वर्ष कर समेत उक्त लाभांश वितरण गर्न लागेको हो । प्रतिफल प्रयोजनका लागि योजनाले असोज १४ गते एक दिन बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा असोज १४ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्नेछन् । योजना व्यवस्थापक सन्राइज क्यापिटलको साउन २५ गते दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले १३ करोड ७६ लाख रूपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने निर्णय गरेको थियो । अघिल्लो वर्षको मुनाफाबाट कर समेत १२ प्रतिशत प्रतिफल वितरण गरेको फण्डले यस वर्ष बढाएर प्रतिफल वितरण गर्न लागेको हो।