वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स म्युचुअल फण्ड–२ ले वितरण ग¥यो ८ प्रतिशत प्रतिफल

अर्थलगानी
२०८० आश्विन २५, बिहीबार

काठमाडौँ। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ ले यस वर्षको प्रतिफल वितरण गरेको छ।

योजना व्यवस्थापकले असोज ८ गतेदेखि सम्बन्धीत इकाईधनीहरूको बैंक खातामा कर समेत ८ प्रतिशत नगद लाभांश वितरण गरिएको जानकारी दिएको हो । नगद लाभांश सम्बन्धीत इकाईधनीहरूको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथासिघ्र गराउन समेत योजना व्यवस्थापकले अनुरोध गरेको छ । प्रतिफल प्रयोजनका लागि योजनाले भदौ १९ गते बुक क्लोज गरेको थियो।

बुक क्लोजको आधारमा भदौ १८ गतेसम्म कायम इकाईधनीहरूका लागि मात्र योजनाको प्रतिफल वितरण गरिएको हो। भदौ १८ गतेसम्म आफ्नो इकाई धितो राखी कर्जा उपयोग गरेका इकाईधनीहरूको हकमा भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुुकुवापत्र प्राप्त भएपछि मात्र प्रतिफल जम्मा गरिने जानकारी योजना व्यवस्थापकले दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ ले यस वर्षको प्रतिफल वितरण गरेको छ। योजना व्यवस्थापकले असोज ८ गतेदेखि सम्बन्धीत इकाईधनीहरूको बैंक खातामा कर समेत ८ प्रतिशत नगद लाभांश वितरण गरिएको जानकारी दिएको हो । नगद लाभांश सम्बन्धीत इकाईधनीहरूको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथासिघ्र गराउन समेत योजना व्यवस्थापकले अनुरोध गरेको छ । प्रतिफल प्रयोजनका लागि योजनाले भदौ १९ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा भदौ १८ गतेसम्म कायम इकाईधनीहरूका लागि मात्र योजनाको प्रतिफल वितरण गरिएको हो। भदौ १८ गतेसम्म आफ्नो इकाई धितो राखी कर्जा उपयोग गरेका इकाईधनीहरूको हकमा भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुुकुवापत्र प्राप्त भएपछि मात्र प्रतिफल जम्मा गरिने जानकारी योजना व्यवस्थापकले दिएको छ।