वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एभरेष्ट बैंकका शेयरधनिले २० प्रतिशत लाभांश आजै पाउँदै

अर्थलगानी
२०८० आश्विन ३०, मंगलवार

काठमाडौँ। एभरेष्ट बैंकको लाभांश प्रस्तावित लाभांश आज वितरण हुनेछ। बैंकले आज असोज ३० गते साधारण सभा आह्वान गरेको हो।

बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ। साधारण सभा लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते बुक क्लोज गरिसकेको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। एभरेष्ट बैंकको लाभांश प्रस्तावित लाभांश आज वितरण हुनेछ। बैंकले आज असोज ३० गते साधारण सभा आह्वान गरेको हो। बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ। साधारण सभा लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते बुक क्लोज गरिसकेको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।