वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अरुण काबेलीको बिक्रि नभएको २० लाख कित्ता हकप्रद शेयर लिलाममा

अर्थलगानी
२०८० आश्विन ३०, मंगलवार

काठमाडौँ। अरुण काबेली पावर लिमिटेडले आज असोज ३० गतेदेखि बिक्रि नभएको हकप्रद शेयर लिलाम गर्दै छ। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको २० लाख १४ हजार ८ सय १७ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

लिलामीको शेयरमा कार्तिक १४ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रकियाको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ । लिलामीको शेयरमा नबिल इन्भेष्टमेन्टको कार्यालय नक्साल साथै नबिल बैंकका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतममा भने पुरै कित्ताका लागि दिन सकिने छ । कम्पनीको शेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य गरिएको छ । सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । शेयर संख्या कायम रहंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।

कम्पनीले १ कित्ता शेयर बराबर १ कित्ता अर्थात् १०० प्रतिशत अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो । हकप्रदमा बिक्री नभएको शेयर कम्पनीले लिलाम गर्न लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। अरुण काबेली पावर लिमिटेडले आज असोज ३० गतेदेखि बिक्रि नभएको हकप्रद शेयर लिलाम गर्दै छ। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको २० लाख १४ हजार ८ सय १७ कित्ता शेयर लिलाम गर्न लागेको हो । लिलामीको शेयरमा कार्तिक १४ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रकियाको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ । लिलामीको शेयरमा नबिल इन्भेष्टमेन्टको कार्यालय नक्साल साथै नबिल बैंकका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतममा भने पुरै कित्ताका लागि दिन सकिने छ । कम्पनीको शेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य गरिएको छ । सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । शेयर संख्या कायम रहंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । कम्पनीले १ कित्ता शेयर बराबर १ कित्ता अर्थात् १०० प्रतिशत अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो । हकप्रदमा बिक्री नभएको शेयर कम्पनीले लिलाम गर्न लागेको हो ।