वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको भाउ हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

अर्थलगानी
२०८० कार्तिक ३, शुक्रबार

काठमाडौं । दोस्रो दिन लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य तोलामै १८०० रुपैयाँले बढेर नेपाली बजारमा हालसम्ममै उच्च बिन्दुमा पुगेको हो।

शुक्रबार सुनको मूल्य प्रतितोलामा १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुनको मूल्य १ लाख १३ हजार ७०० पुगेको थियो। जुन यसअघिको हालसम्मकै उच्च मूल्य थियो। यसअघि गत साउन ४ गते सुन तोलाको १ लाख १३ हजार ६०० रुपैयाँसम्म पुगेको थियो।

बुधबार सुन तोलामा १ लाख १३ हजार २०० रुपैयाँ पुगेको थियो। त्यस्तै, मंगलबार प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार १ लाख १२ हजार ३०० रुपैयाँ कायम थियो। आइतबार र शनिबार भने सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरि, बिहीबार १ हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ४०० रुपैयाँ पुगेको छ।

बुधबार चाँदी १ हजार ४१० रुपैयाँ कारोबार हुँदा मंगलबार १ हजार ३७५ पुगेको थियो। त्यस्तै, सोमबार, आइतबार र शनिबार प्रतितोला १ हजार ३९० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस १ हजार ९४८.९९ डलरमा कारोबार भएको सुनको मूल्य आज १ हजार ९७८.३१ डलर पुगेको छ। चाँदी भने प्रतिऔंस २२.९५ डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । दोस्रो दिन लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य तोलामै १८०० रुपैयाँले बढेर नेपाली बजारमा हालसम्ममै उच्च बिन्दुमा पुगेको हो। शुक्रबार सुनको मूल्य प्रतितोलामा १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य १ लाख १३ हजार ७०० पुगेको थियो। जुन यसअघिको हालसम्मकै उच्च मूल्य थियो। यसअघि गत साउन ४ गते सुन तोलाको १ लाख १३ हजार ६०० रुपैयाँसम्म पुगेको थियो। बुधबार सुन तोलामा १ लाख १३ हजार २०० रुपैयाँ पुगेको थियो। त्यस्तै, मंगलबार प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार १ लाख १२ हजार ३०० रुपैयाँ कायम थियो। आइतबार र शनिबार भने सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरि, बिहीबार १ हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ४०० रुपैयाँ पुगेको छ। बुधबार चाँदी १ हजार ४१० रुपैयाँ कारोबार हुँदा मंगलबार १ हजार ३७५ पुगेको थियो। त्यस्तै, सोमबार, आइतबार र शनिबार प्रतितोला १ हजार ३९० मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस १ हजार ९४८.९९ डलरमा कारोबार भएको सुनको मूल्य आज १ हजार ९७८.३१ डलर पुगेको छ। चाँदी भने प्रतिऔंस २२.९५ डलरमा कारोबार भइरहेको छ।