वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माइक्रोसफ्टले किन्यो एक्टिभिजन ब्लिज्जार्ड

अर्थलगानी
२०८० कार्तिक १०, शुक्रबार

माइक्रोसफ्टले गेम निर्माता कम्पनी एक्टिभिजन ब्लिज्जार्ड खरिद गरेको छ। कल अफ ड्युटी, वर्ल्ड अफ वारक्राफ्ट र डिआब्लोजस्ता विश्वचर्चित गेमहरुको निर्माता रहेको एक्टिभिजन ब्लिज्जार्डलाई माइक्रोसफ्टले ६८.७ अर्ब अमेरिकी डलर (९१ खर्ब ३० अर्ब ६४ करोड ९० लाख नेपाली रुपैयाँ) मा अधिग्रहण गरेको हो ।
सन् २०२२ जनवरीमा नै अधिग्रहण गर्ने घोषणा सँगै झन्डै २० महिनाको लामो रस्साकस्सीपछि यो प्रक्रिया सकिएको छ।

योसँगै अब कल अफ ड्युटीजस्ता गेम माइक्रोसफ्टको आफ्नै गेमिङ कन्सोल एक्स बक्समा खेल्न पाइनेछ ।

एक्टिभिजन ब्लिज्जार्डको अधिग्रहण माइक्रोसफ्टको हालसम्मकै सबैभन्दा महँगो हो । यसअघि माइक्रोसफ्टले लिंन्क्डइनलाई सन् २०१६ मा २६ अर्ब अमेरिकी डलर (३४ खर्ब ५५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ)मा अधिग्रहण गरेको थियो ।

गेमिङ क्षेत्रमा पनि कम्पनीको यो निकै ठूलो लगानी हो । माइक्रोसफ्ट एक्टिभिजन ब्लिज्जार्डको अधिग्रहणसँगै टेनसेन्ट र सोनीपछिको धेरै आम्दानी भएको तेस्रो गेमिङ कम्पनी बनेको छ । एक्सबक्समा भने एक्टिभिजन ब्लिज्जार्डका गेमहरु सन् २०२४ बाट खेल्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

माइक्रोसफ्टले गेम निर्माता कम्पनी एक्टिभिजन ब्लिज्जार्ड खरिद गरेको छ। कल अफ ड्युटी, वर्ल्ड अफ वारक्राफ्ट र डिआब्लोजस्ता विश्वचर्चित गेमहरुको निर्माता रहेको एक्टिभिजन ब्लिज्जार्डलाई माइक्रोसफ्टले ६८.७ अर्ब अमेरिकी डलर (९१ खर्ब ३० अर्ब ६४ करोड ९० लाख नेपाली रुपैयाँ) मा अधिग्रहण गरेको हो । सन् २०२२ जनवरीमा नै अधिग्रहण गर्ने घोषणा सँगै झन्डै २० महिनाको लामो रस्साकस्सीपछि यो प्रक्रिया सकिएको छ। योसँगै अब कल अफ ड्युटीजस्ता गेम माइक्रोसफ्टको आफ्नै गेमिङ कन्सोल एक्स बक्समा खेल्न पाइनेछ । एक्टिभिजन ब्लिज्जार्डको अधिग्रहण माइक्रोसफ्टको हालसम्मकै सबैभन्दा महँगो हो । यसअघि माइक्रोसफ्टले लिंन्क्डइनलाई सन् २०१६ मा २६ अर्ब अमेरिकी डलर (३४ खर्ब ५५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ)मा अधिग्रहण गरेको थियो । गेमिङ क्षेत्रमा पनि कम्पनीको यो निकै ठूलो लगानी हो । माइक्रोसफ्ट एक्टिभिजन ब्लिज्जार्डको अधिग्रहणसँगै टेनसेन्ट र सोनीपछिको धेरै आम्दानी भएको तेस्रो गेमिङ कम्पनी बनेको छ । एक्सबक्समा भने एक्टिभिजन ब्लिज्जार्डका गेमहरु सन् २०२४ बाट खेल्न सकिने कम्पनीले जनाएको छ ।