वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो लाइसेन्स

अर्थलगानी
२०८० कार्तिक १३, सोमबार

काठमाडौँ। ट्रष्ट माइक्रो इन्स्योरेन्सले बीमा कारोबारका लागि लाइसेन्स पाएको छ। नेपाल बीमा प्राधिकरणले ट्रष्ट माईक्रो फाइनान्सलाई औपचारिक रुपमा निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिएको छ।

प्राधिकरणले आइतबार उक्त कम्पनीलाई लघुबीमा व्यवसाय गर्न लाइसेन्स दिएको हो। प्राधिकरणका अनुसार ट्रष्ट माइक्रो इन्स्योरेन्सको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहनेछ।

प्राधिकरणका अनुसार लघुबीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीहरुको न्यूनतम चुक्तापूँजी ७५ करोड रुपैयाँ हुनुपर्नेछ। प्राधिकरणले यसअघि लघुबीमा व्यवसाय गर्न ७ वटा कम्पनी छनोट गरेतापनि ६ वटा कम्पनीले मात्रै लाइसेन्स पाएका थिए।

यसअघि ट्रष्ट माइक्रो इन्स्योरेन्सले तोकिएको चुक्तापूँजी पुर्‍याउन नसक्दा समयमा लाइसेन्स पाउन सकेको थिएन।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। ट्रष्ट माइक्रो इन्स्योरेन्सले बीमा कारोबारका लागि लाइसेन्स पाएको छ। नेपाल बीमा प्राधिकरणले ट्रष्ट माईक्रो फाइनान्सलाई औपचारिक रुपमा निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिएको छ। प्राधिकरणले आइतबार उक्त कम्पनीलाई लघुबीमा व्यवसाय गर्न लाइसेन्स दिएको हो। प्राधिकरणका अनुसार ट्रष्ट माइक्रो इन्स्योरेन्सको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहनेछ। प्राधिकरणका अनुसार लघुबीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीहरुको न्यूनतम चुक्तापूँजी ७५ करोड रुपैयाँ हुनुपर्नेछ। प्राधिकरणले यसअघि लघुबीमा व्यवसाय गर्न ७ वटा कम्पनी छनोट गरेतापनि ६ वटा कम्पनीले मात्रै लाइसेन्स पाएका थिए। यसअघि ट्रष्ट माइक्रो इन्स्योरेन्सले तोकिएको चुक्तापूँजी पुर्‍याउन नसक्दा समयमा लाइसेन्स पाउन सकेको थिएन।