वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शेयरबजारमा समान्य सुधार, कारोबार रकम ७० करोड पनि पुगेन

अर्थलगानी
२०८० कार्तिक १३, सोमबार

काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज सोमबार शेयर बजार परिसूचक नेप्से हरियो देखिएको छ। नेप्से सूचक ३.०४ अंकले बढेर १८७८.७० को बिन्दुमा पुगेको हो।

आज कारोबारमा आएका २८७ कम्पनीका २८ लाख २४ हजार ७ कित्ता शेयर खरिद बिक्रीबाट ६९ करोड ४२ लाख २२ हजार २ सय १७ रुपैयाँ ३७ पैसाको कारोबार भएको छ । आज साधना लघुवित्तको संस्थापक शेयरको सर्वाधिक ३ करोड ६० लाखको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २३ लाख, सिद्धार्थ बैंकको संस्थापक शेयरको २ करोड ९० लाख, तथा नबिल बैंकको २ करोड ३० लाखको कारोबार भएको छ ।

आज पन्चकन्या माई हाइड्रोको शेयर मूल्य सर्वाधिक ७.८२ प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोको शेयर मूल्य ५.८९ प्रतिशतले बढेको छ । त्यस्तै सुपर मादी हाइड्रोको शेयर मूल्य ५.२६ प्रतिशत तथा इमार्जिंग नेपालको शेयर मूल्य ४.५० प्रतिशतले बढेको छ ।

आज सोनापुर सिमेन्टको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । हिजो पनि कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको थियो । त्यस्तै आज बिन्धवासिनी हाइड्रोको शेयर मूल्य ६.६७ प्रतिशत तथा अपार सोलु हाइड्रोको शेयर मूल्य ६.५८ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये होटेल समुह, उत्पादन तथा प्रशोधन समुह र म्युचुअल फण्ड समुहको सूचक घटेको छ । यी बाहेक अनुस समुहको सूचक बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज सोमबार शेयर बजार परिसूचक नेप्से हरियो देखिएको छ। नेप्से सूचक ३.०४ अंकले बढेर १८७८.७० को बिन्दुमा पुगेको हो। आज कारोबारमा आएका २८७ कम्पनीका २८ लाख २४ हजार ७ कित्ता शेयर खरिद बिक्रीबाट ६९ करोड ४२ लाख २२ हजार २ सय १७ रुपैयाँ ३७ पैसाको कारोबार भएको छ । आज साधना लघुवित्तको संस्थापक शेयरको सर्वाधिक ३ करोड ६० लाखको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २३ लाख, सिद्धार्थ बैंकको संस्थापक शेयरको २ करोड ९० लाख, तथा नबिल बैंकको २ करोड ३० लाखको कारोबार भएको छ । आज पन्चकन्या माई हाइड्रोको शेयर मूल्य सर्वाधिक ७.८२ प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोको शेयर मूल्य ५.८९ प्रतिशतले बढेको छ । त्यस्तै सुपर मादी हाइड्रोको शेयर मूल्य ५.२६ प्रतिशत तथा इमार्जिंग नेपालको शेयर मूल्य ४.५० प्रतिशतले बढेको छ । आज सोनापुर सिमेन्टको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । हिजो पनि कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको थियो । त्यस्तै आज बिन्धवासिनी हाइड्रोको शेयर मूल्य ६.६७ प्रतिशत तथा अपार सोलु हाइड्रोको शेयर मूल्य ६.५८ प्रतिशत घटेको छ । आज कारोबारमा आएका मध्ये होटेल समुह, उत्पादन तथा प्रशोधन समुह र म्युचुअल फण्ड समुहको सूचक घटेको छ । यी बाहेक अनुस समुहको सूचक बढेको छ ।