काठमाडौँ। एलआईसी नेपालले हकप्रद सेयर जारी गर्ने अनुमति माग गरेको छ। कम्पनीले हकप्रदको लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको हो।
कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४८ प्रतिशतले हुने अर्थात् १ः०.८८ अनुपातमा हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि सेबोनमा निवेदन दिएको छ।
प्रतिक्रिया