काठमाडौँ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २० प्रतिशतले घटेको छ। लघुवित्तले सार्वजनीक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा खुद नाफा ५ करोड ६ लाख रुपैयाँ कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.५२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
सार्वजनीक पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार माईक्रो फाइनान्सको अधिकांश सूचक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिन्छ।
खुद ब्याज आम्दानी घटेसँगै लघुवित्तको खुद नाफामा धक्का लागेको देखिन्छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३३.२७ प्रतिशत घटेर ८ करोड १ लाख रुपैयाँमा झरेको छ।
त्यस्तै असोज मसान्तसम्ममा लघुवित्तले २० करोड ४७ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ। यता प्रतिशेयर वितरणयोग्य मुनाफा १७ रुपैयाँ ८४ पैसा रहेको देखिन्छ।
त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन मुनाफा २६.६० प्रतिशत घटको छ भने सञ्चालन मुनाफा ९ करोड ११ लाख रुपैयाँबाट घटेर ७ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ।
खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ १५ पैसा घटेर १४२ रुपैयाँ ३७ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ३७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.६३ गुणा रहेको छ।
लघुवित्तको जगेडा कोष ११.५१ प्रतिशत बढेको छ। सो तीन महिनामा लघुवित्तको सापटी १३.३८ प्रतिशत घटेको छ भने कर्जा ६.८५ प्रतिशत घटेको छ।
प्रतिक्रिया