वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुराँस लघुवित्तका अधिकांश सूचक धनात्मक, कति कमायो नाफा?

अर्थलगानी
२०८० कार्तिक १६, बिहीबार

काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका अधिकांश सूचक सकरात्मक देखिएका छन। लघुवित्तले सार्वजनीक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको समिक्षा अवधिमा लघुवित्तले ९ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

असोज समान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ११८.९१ प्रतिशत बढेर १ करोड २९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५५.७८ प्रतिशत बढेर १ करोड ९४ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको पहिलो तीन महिनासम्म ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १४ लाख ६६ हजार रुपैयाँ धनात्मक भएको छ।

नाफा र सञ्चालन मुनाफा जस्तै लघुवित्तको प्रतिशेयर आम्दानी पनि समीक्षा अवधिमा ऋणात्मकबाट धनात्मक भएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपेयाँ ६८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा रहेको छ।

१० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ करोड ४८ लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा लघुवित्तले ९१ लाख ४५ हजार रुपैयाँ सापटी तथा २७ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी कुल १ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका अधिकांश सूचक सकरात्मक देखिएका छन। लघुवित्तले सार्वजनीक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको समिक्षा अवधिमा लघुवित्तले ९ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। असोज समान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ११८.९१ प्रतिशत बढेर १ करोड २९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५५.७८ प्रतिशत बढेर १ करोड ९४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनासम्म ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १४ लाख ६६ हजार रुपैयाँ धनात्मक भएको छ। नाफा र सञ्चालन मुनाफा जस्तै लघुवित्तको प्रतिशेयर आम्दानी पनि समीक्षा अवधिमा ऋणात्मकबाट धनात्मक भएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपेयाँ ६८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा रहेको छ। १० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ करोड ४८ लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा लघुवित्तले ९१ लाख ४५ हजार रुपैयाँ सापटी तथा २७ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी कुल १ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।