काठमाडौँ। आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ सयले बढेर १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै तेजावी सुन पनि तोलामा ७ रुपैयाँले नै बढेर एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदी भाउमा बिहीबार २० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया