वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चौधरी फाउण्डेनद्वारा राहतवितरण जारी, प्रभावितका लागि ‘ट्रान्जिसनल होम’निर्माण गर्ने निर्णय

अर्थलगानी
२०८० कार्तिक २२, बुधबार

काठमाडौं । चौधरी फाउण्डेसनले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि राहत वितरण कार्य सुरु गरेको छ। चौधरी फाउण्डेसनको उच्चस्तरीय टिम जाजरकोट र रुकुम पुगि भूकम्प प्रभावितका लागि तत्काल अत्यावस्यक राहत सामाग्री वितरण सुरु गरेको हो।
फाउण्डेसनले जाजरकोट र रूकुमका विभिन्न वस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहतवितरण गरिरहेको छ।

चौधरी फाउण्डेसनले खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधीहरू भूकम्प प्रभावित क्षेत्रमा पु¥याएको छ। फाउण्डेसनको टिम प्रभावित क्षेत्रमै रहेर तत्काल आवस्यक पर्ने राहत व्यवस्थापन गरिरहेको छ । र, राहतवितरण कार्य जारी रहने फाउन्डेसनले जनाएको छ।

साथै, तत्कालको राहत व्यवस्थापन सँगसँगै भूकम्पले घरविहिन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’ हरूको समेत व्यवस्थापन गर्ने फाउन्डेसनले निर्णय गरेको छ।
भत्किएका घरहरू पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’हरू बनाएर उनीहरुलाई ओतमुनि पुर्याउनुपर्ने आवश्कता महसुस गर्दै फाउन्डेसनले यस्तो निर्णय गरेको हो।

स्थानीय प्रशासन÷ स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिनेछन् । यस्ता ‘ट्रान्जिसनल होम’निर्माणका लागि आवस्यक पर्ने वित्तिय सहयोग चौधरी फाउण्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवस्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गर्नेछन् ।यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास चौधरी फाउण्डेसनको छ ।

चौधरी फाउण्डेसनका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीले भूकम्पका कारण जाजरकोट, पश्चिम रूकुम र कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको जीवन यतिखेर कष्टकर रहेको भन्दै उनीहरूको पीडामा मल्हम लगाउने काममा कत्तिपनि विलम्ब गर्न नहुने बताए। यहि मर्मलाई आत्मसाथगर्दै चौधरी फाउण्डेसनले तत्काल राहतकाकार्यक्रमलाई जारी राख्दै भूकम्पले घरविहिन भएकाहरुका लागि चिसोबाट जोगाउन छानो मुनि फर्काउने कामलाई पनि तिब्रता दिने निर्णय लिएको जानकारी गराए। उनले भने, ‘यस जिम्मेवारी वहनका लागि हाम्रो फाउण्डेसनको टिम प्रभावित क्षेत्रमा पुगेर काम शुरू गरिसकेको छ । मानवीय सेवाको यस्तो कार्यमा सबैले हातेमालो र सहकार्य गर्नुपर्छ।

फाउण्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने सहमति भईसकेको जनाएको छ।

मिति २०८० कात्तिक २१ गते विहान चौधरी फाउण्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्पवादीवीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’निर्माण गर्ने सहमतिभएको हो।

उक्त सहमतिपछि मेयर वादीले भने, ‘भूकम्पबाट घर भत्किएका परिवारलाई जतिसक्यो छिटो ओतमापु¥याउनु हाम्रो जिम्मेवारी हो । यो जिम्मेवारी लिन चौधरी फाउण्डेसन आफै हाम्रो आँगनमाआइपुगेको छ । हामीवीच ‘ट्रान्जिसनल होम’बनाउने सहमतिभएको छ । र, छिटोभन्दाछिटो काम शुरू गर्न हामी प्रतिवद्ध छौँ ।’यसैगरि अन्य स्थानीयनिकायसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम अगाडि बढाइने जानकारी गराईन्छ ।

चौधरी फाउण्डेसनले गोर्खा केन्द्रविन्दू रहेको २०७२ सालको महाभूकम्पबाट प्रभावितहरूका लागि करिव तीनहजार ‘ट्रान्जिसनल होम’निर्माण गरि हस्तान्तरण गरेको थियो । साथै, सिन्धुपाल्चोकको गिरान चौरका भूकम्प पीडित ६२ परिवारका लागि पक्की घर निर्माण गरि हस्तान्तरण गरेको थियो । भूकम्प प्रभावितका लागि २०७२ सालमा चौधरी फाउण्डेसनबाट सम्पादनभएको सफलकार्यक्रमको अनुभवले अहिलेको भूकम्प पीडितको सेवामा जुट्न हामीलाई सहजहुने विश्वास हामीले लिएका छौँ । मानवीय सेवाको यस पवित्रकार्यमा सम्वन्धित सबै क्षेत्रबाट साथ र समर्थन प्राप्तहुने विश्वास लिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । चौधरी फाउण्डेसनले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि राहत वितरण कार्य सुरु गरेको छ। चौधरी फाउण्डेसनको उच्चस्तरीय टिम जाजरकोट र रुकुम पुगि भूकम्प प्रभावितका लागि तत्काल अत्यावस्यक राहत सामाग्री वितरण सुरु गरेको हो। फाउण्डेसनले जाजरकोट र रूकुमका विभिन्न वस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहतवितरण गरिरहेको छ। चौधरी फाउण्डेसनले खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधीहरू भूकम्प प्रभावित क्षेत्रमा पु¥याएको छ। फाउण्डेसनको टिम प्रभावित क्षेत्रमै रहेर तत्काल आवस्यक पर्ने राहत व्यवस्थापन गरिरहेको छ । र, राहतवितरण कार्य जारी रहने फाउन्डेसनले जनाएको छ। साथै, तत्कालको राहत व्यवस्थापन सँगसँगै भूकम्पले घरविहिन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’ हरूको समेत व्यवस्थापन गर्ने फाउन्डेसनले निर्णय गरेको छ। भत्किएका घरहरू पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’हरू बनाएर उनीहरुलाई ओतमुनि पुर्याउनुपर्ने आवश्कता महसुस गर्दै फाउन्डेसनले यस्तो निर्णय गरेको हो। स्थानीय प्रशासन÷ स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिनेछन् । यस्ता ‘ट्रान्जिसनल होम’निर्माणका लागि आवस्यक पर्ने वित्तिय सहयोग चौधरी फाउण्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवस्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गर्नेछन् ।यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास चौधरी फाउण्डेसनको छ । चौधरी फाउण्डेसनका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीले भूकम्पका कारण जाजरकोट, पश्चिम रूकुम र कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको जीवन यतिखेर कष्टकर रहेको भन्दै उनीहरूको पीडामा मल्हम लगाउने काममा कत्तिपनि विलम्ब गर्न नहुने बताए। यहि मर्मलाई आत्मसाथगर्दै चौधरी फाउण्डेसनले तत्काल राहतकाकार्यक्रमलाई जारी राख्दै भूकम्पले घरविहिन भएकाहरुका लागि चिसोबाट जोगाउन छानो मुनि फर्काउने कामलाई पनि तिब्रता दिने निर्णय लिएको जानकारी गराए। उनले भने, ‘यस जिम्मेवारी वहनका लागि हाम्रो फाउण्डेसनको टिम प्रभावित क्षेत्रमा पुगेर काम शुरू गरिसकेको छ । मानवीय सेवाको यस्तो कार्यमा सबैले हातेमालो र सहकार्य गर्नुपर्छ। फाउण्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने सहमति भईसकेको जनाएको छ। मिति २०८० कात्तिक २१ गते विहान चौधरी फाउण्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्पवादीवीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’निर्माण गर्ने सहमतिभएको हो। उक्त सहमतिपछि मेयर वादीले भने, ‘भूकम्पबाट घर भत्किएका परिवारलाई जतिसक्यो छिटो ओतमापु¥याउनु हाम्रो जिम्मेवारी हो । यो जिम्मेवारी लिन चौधरी फाउण्डेसन आफै हाम्रो आँगनमाआइपुगेको छ । हामीवीच ‘ट्रान्जिसनल होम’बनाउने सहमतिभएको छ । र, छिटोभन्दाछिटो काम शुरू गर्न हामी प्रतिवद्ध छौँ ।’यसैगरि अन्य स्थानीयनिकायसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम अगाडि बढाइने जानकारी गराईन्छ । चौधरी फाउण्डेसनले गोर्खा केन्द्रविन्दू रहेको २०७२ सालको महाभूकम्पबाट प्रभावितहरूका लागि करिव तीनहजार ‘ट्रान्जिसनल होम’निर्माण गरि हस्तान्तरण गरेको थियो । साथै, सिन्धुपाल्चोकको गिरान चौरका भूकम्प पीडित ६२ परिवारका लागि पक्की घर निर्माण गरि हस्तान्तरण गरेको थियो । भूकम्प प्रभावितका लागि २०७२ सालमा चौधरी फाउण्डेसनबाट सम्पादनभएको सफलकार्यक्रमको अनुभवले अहिलेको भूकम्प पीडितको सेवामा जुट्न हामीलाई सहजहुने विश्वास हामीले लिएका छौँ । मानवीय सेवाको यस पवित्रकार्यमा सम्वन्धित सबै क्षेत्रबाट साथ र समर्थन प्राप्तहुने विश्वास लिएको छ ।