काठमाडौँ। नेपाल उद्योग बाणिज्य महासंघले जाँजरकोट र रूकुम पश्चिममा गएको भुकम्पबाट पीडित जनताका निरन्तर राहत सामाग्रि पठाईरहेको छ। हालसम्म महासंघले करिब २२ लाख रुपैया बराबरको राहत सामाग्री हस्तान्तरण गरेको हो।
महासंघ कर्णाली च्याप्टर मार्पmत कार्तिक १७ गते पहिलो चरणको राहत सामाग्री हस्तान्तरण गरिएको थियो । त्यसपछि कर्णाली च्याप्टर मार्पmत नै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको समुपस्थितिमा दोस्रो चरणको राहत सामग्री हस्तान्तरण गरिएको थियो ।
महासंघले काठमाडौंमा गृहमन्त्रालयको विपत व्यवस्थापन समितिमार्फत कार्तिक २२ गते तेस्रो खेपको राहत सामाग्री हस्तान्तरण गरेको छ ।
महासंघले म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ता कपडा, औषधि, पानीसहितका सामाग्री प्रभावित क्षेत्रमा पठाइरहेको छ । यसैगरि अन्य संघसंस्था मार्पmत संकलित राहत सामाग्रीलाई महासंघले सरकारको आग्रहमा ढुवानीमा सहजीकरण पनि गरिरहेको छ ।
महासंघले आफ्ना सबै सदस्य उद्योग वाणिज्य संघहरू, उद्यमी व्यवसायीहरू र व्यवसायिक संघ संस्थाहरूलाई उद्दार र राहतमा सहयोग गर्न आव्हान गरिसकेको छ भने सहयोग आउने क्रम जारी छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया