वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दियो ३३ बीमा अभिकर्तालाई तालिम

अर्थलगानी
२०८० कार्तिक २३, बिहीबार

काठमाडौँ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३३ बीमा अभिकर्तालाई तालिम दिएको छ । नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाका लागि तोकिएको तनहुँको देवघाट गाउँपालिकामा तालिम दिइएको हो ।

कार्यक्रममा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशव दाहाल, देवघाट गाउँपालिका अध्यक्ष तिलकबहादुर थापा, देवघाट गाउँपालिका वडा नं ५ का अध्यक्ष पूर्णबहादुर कुँवरलगायतको उपस्थिति थियो ।

कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आबद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुका लागि कात्तिक २० देखि २२ सम्म तालिम दिइएको हो ।

तालिमपश्चात कम्पनीसँग आबद्ध भई कार्य गर्ने बीमा अभिकर्ताले कम्पनी र ग्राहकबीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३३ बीमा अभिकर्तालाई तालिम दिएको छ । नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाका लागि तोकिएको तनहुँको देवघाट गाउँपालिकामा तालिम दिइएको हो । कार्यक्रममा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशव दाहाल, देवघाट गाउँपालिका अध्यक्ष तिलकबहादुर थापा, देवघाट गाउँपालिका वडा नं ५ का अध्यक्ष पूर्णबहादुर कुँवरलगायतको उपस्थिति थियो । कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आबद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुका लागि कात्तिक २० देखि २२ सम्म तालिम दिइएको हो । तालिमपश्चात कम्पनीसँग आबद्ध भई कार्य गर्ने बीमा अभिकर्ताले कम्पनी र ग्राहकबीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा कम्पनीले लिएको छ ।