काठमाडौँ। धौलागिरी लघुवित्तले लगानीकर्ताको लागि १५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको संचालक समितिको बैठकले आ.व. २०७९–८० को संचित मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३१ लाख रहेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।
प्रतिक्रिया